आज २०७६ बैशाख २३ गते सोमबारको राशिफल हेर्नुहोस्


 


२०७६, वैशाख २३ गते सोमबार

मेष : दिन अनुकूल रहनेछ । धनधान्य र मधुर वाणीले परिपूर्ण गराउनेछ । आर्थिक कारोबार हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ ।

वृष : दिन भाग्यबर्धक रहनेछ । मुख्य काममा गति बढ्नेछ । पढाइ लेखाइतिर मन जानेछ । अरूबाट सहयोग प्राप्त हुनेछ ।

मिथुन : दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनसक्छ । निर्णय क्षतमामा दुविधा बढ्नेछ । ठूलो कामको आशा नगर्नु बेस हुनेछ ।

कर्कट : दिन उत्तम रहनेछ । सामाजिक कार्यक्रममा सहभागी भइनेछ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । इष्टमित्रसँग भेटघाट हुनेछ ।

सिंह : दिन अनुकूल रहनेछ । कामप्रति रूचि जाग्नेछ । आँटेको कामममा सफलता मिल्नेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ ।

कन्या : दिन ठिक रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । शरीर स्वस्थ रहनेछ ।

तुला : दिन प्रतिकूल रहनेछ । काममा ढिलाइ हुनेछ । मन विथोलिन सक्नेछ । मुख्य कामको आशा नगर्नु बेस हुनेछ ।

वृश्चिक : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग पाइनेछ । प्रेम प्रसङ्क चल्नेछ । व्यापार व्यसाय बढ्नेछ ।

धनु : दिन उत्तम रहनेछ । स्वास्थ्य सबल र आमबल बढ्नेछ । शत्रु परास्त हुनेछन् । नयाँ साथीभाइ भेटिनेछन् । मन प्रसन्न रहनेछ ।

मकर : दिन सार्थक रहनेछ । चिन्ताबाट मुक्ति मिल्नेछ । निर्णय क्षमतामा वृद्धि हुनेछ । मुख्य काम हात लाग्नेछ । प्रतिस्पर्धामा काम बन्नेछ ।

कुम्भ : दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । मन डराउनसक्नेछ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ ।

मीन : दिन उत्तम खालको रहनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । विशेष क्रियाशीलता र व्यस्तता बढ्नेछ । यश मिल्नेछ

प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्