धरान राजधानी नभए पनि शक्तीशाली कार्यालय राख्ने मुख्यमन्त्रीकाे आश्वासन (भिडियाे) सहित


 


धरान । धरानलाई राजधानी घोषणा गर्न माग गर्दै विराटनगर पुगेको धराने टोलीलाई मुख्यमन्त्री शेरधन राईले राजधानी हुन नसक्ने संकेत गरेर पठाएका छन् ।
धरान राजधानी नभएपनि प्रदेशका महत्वपूर्ण तीन कार्यालय राख्न सकिने बताएका छन् । धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सहित नेकपा र लिम्बुवान नेताहरु सिटि जुलुस सहित संसद् भवन पुगेका थिए । राजधानी माग गर्दै विराटनगर पुगेका टोलीलाई मुख्यमन्त्री राईले राजधानी बनाउन नसके पनि प्रदेशका मुख्य कार्यालय धरानमा राख्न सहयोग गर्ने बताए ।

मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर भण्डारीले धरान हरेक दृष्टिकोण उपयुक्त रहेको बताए । टोलीमा सहभागी एक नेताका अनुसार मुख्यमन्त्रीले धरानमा पर्यटन सम्बन्धी शक्तिशाली कार्यालय, खेलकुद सिटी र प्रदेश प्रमुखको कार्यालय राख्ने संकेत गरेका छन् ।

प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्