यी हुन् आफ्नै बच्चा लिन अस्वीकार गर्ने पूर्वसांसद गायत्री साह पक्राउ


 


ललितपुर, वैशाख २२ : आफ्नो बच्चा लिन अस्वीकार गरेको आरोपमा पूर्वसांसद गायत्री साह पक्राउ परेकी छिन् । पूर्वसांसद साहलाई आइतबार दिउँसो ४ बजे पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकले जानकारी दिए ।

आफ्नो बच्चा लिन अस्वीकार गरेको र मेडिसिटी अस्पतालमा होहल्ला गरेको उजुरी परेपछि पूर्वसांसद साहसहित उनका पति सन्तोषलाई नियन्त्रणमा लिइएको एसएसपी धानुकले बताए । मेडिसिटी अस्पतालले पूर्वसांसद साहले आफैले जन्माएको बच्चा लिन अस्वीकार गरेको प्रहरीमा उजुरी पनि गरेको थियो ।

अस्पतालको उजुरीपछि अदालतबाट पक्राउ पूर्जी लिएर उनीहरुलाई पक्राउ गरेको एसएसपी धानुकले जानकारी दिए । पूर्वसांसद साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन् ।

तर, बच्चामा ‘डाउन सिन्ड्रोम’ भएको थाहा पाएपछि पूर्वसांसद साहले अस्पतालको लापरबाही भन्दै लिन अस्वीकार गर्दै आएकी थिइन् । पूर्वसांसद साहको छोरालाई मेडिसिटी अस्पतालको एनआइसियुमै राखिएको छ ।

प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्