एकता घोषणाको तयारी भईरहँदा उपेन्द्र – बाबुरामलाई किन भयो तनाव ?


 


काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएर गठन भएको समाजवादी पार्टी, नेपालको नाम जुधेको छ ।

पार्टी एकीकरणको आधिकारिक घोषणा गर्नुअघि दुवै दलका प्रतिनिधि निर्वाचन आयोगमा गएर बुझ्दा समाजवादी पार्टी, नेपाल पहिलादेखि नै दर्तामा रहेको फोरम नेपालका नेता पर्शुराम बस्नेतले जानकारी दिए । नाम जुधेपछि नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवलाई तनाव भएको छ ।

पार्टीको नयाँ नाम राख्ने विषयमा अहिले छलफल भइरहेको समेत उनले बताए । सहमतिअनुसार समाजवादी पार्टी नै रहने भएपनि ‘नेपाल’ कहाँ राख्ने भन्ने विषयमा थप छलफल भइरहेको बस्नेतको भनाई छ ।

प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्