सूर्य साकोसद्धारा उर्लाबारी भेट्रान क्लबलाई जर्सी


 


उर्लाबारी । उर्लाबारी ६ स्थित सूर्य बचत तथा ऋण सहकारी संस्थाले स्थानीय फुटबल क्लबलाई जर्सी प्रदान गरेको छ ।  आईतबार संस्थाकै सभा हलमा कार्यक्रम आयोजना गरी उर्लाबारी भेट्रान क्लबलाई १६ थान जर्सी सेट प्रदान गरेको हो ।

सहकारीका अध्यक्ष तेजनाथ घिमिरेले सामाजिक उतरदायित्वको कार्यक्रम अन्तगत क्लबलाई जर्सी वितरण गरिएको बताउनुभयो । अध्यक्ष घिमिरेका अलवा सहकारीका कोषाध्यक्ष दीपक भट्टराईले भेट्रानका अध्यक्ष बिजु श्रेष्ठ, टीम मेनेजर कृष्ण अधिकारीलगायत क्लबका पदाधिकारीलाई जर्सी वितरण गर्नुभएको थियो ।

यस्तै आज नै उर्लाबारी ५ स्थित रिया सुनचाँदी पसलका संचालक रबिन श्रेष्ठका तर्फबाट क्लबलाई दुई थान फुटबल प्रदान गरिएको पनि टीम मेनेजर अधिकारीले बताउनुभयो ।

सूर्य साकोसले जेष्ठ नागरिक सम्मान, एकल महिला, विपन्न परिवारलाई सहयोग, बालबालिकालाई शैक्षिक सामग्री वितरण, न्यानो कपाडा वितरण, छात्रबृत्ति, रक्तदान लगायतका सामाजिक कार्यक्रम गर्दै आएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्