राजेन्द्र महतोको प्रश्नै प्रश्न : नीति तथा कार्यक्रम “निद्रामा कि भाङ खाएर” लेखेको
काठमाण्डौँ । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताको अधिकार माथि दिनदहाडै डकैती गर्ने सफेद झुट भएको दावी गरेका छन् ।
आइतबार नीति तथा कार्यक्रममाथि छलफलका क्रममा महतोले भने, ‘यो नीति तथा कार्यक्रम कस्तो छ रु झुटको खेतीजस्तै छ । जनतालाई गुमराह गर्ने खालको । सफेद झुट जनताको अधिकारमाथि दिनदाहाडै डकैती ।’
महतोले नीति तथा कार्यक्रम ७ नम्बर बुदामाथि संशोधन हालेको बताए । संविधानको सर्वस्वीकार्यतामा अब विमती छैन भन्ने उल्लेख भएको प्रति उनले प्रश्न गरे–‘कहिलेदेखि संविधानमा विमती छैन रु कसरी लेख्यो यो नीति तथा कार्यक्रम रु आधा निद्रामा लेखेको हो कि कसो ? प्रधानमन्त्री जी हुनुहुन्न रु यो संविधानमा विमती नै छैन रे ? भो अब ।’
उनले पचासौँ पटक संसदमा आफ्नो दलले विमती जनाएको बताउँदै संविधानमा नोट अफ डिसेन्ट लेखेर प्रचण्डले नै विमती जनाएको बताए । उनले नीति तथा कार्यक्रममा कसरी यस्तो लेखियो भन्दै पश्न गरे ।
उनले उप्रधानमन्त्री उपेन्द्र यादवलाई देखाउँदै भने–‘हाम्रो उपेन्द्र जी, उपप्रधानमन्त्री हामीसँगै लडेको हो । सयौँ मान्छे मार्न लगाएकै हो । अनि सरकारमा जान २ बुदेँ सहमती गरेकै हो । त्यो विमती नभएको भए किन सहमती गरेको हो । अनि विमती छैन रु के हो यो रु’
६ महिना नाकाबन्दी, चक्काजाम गरेर संविधानमा विमती देखाएको हैन भन्दै उनले सयौ मान्छेले ज्यान गुमाएको विमती हैन भन्दै प्रश्न गरे । उनले भने–जे मन लाग्यो त्यही लेख्दिने रु यसरी मुलक चल्ने हो रु आफैले विमती छ भनेर स्वीकार गर्ने अनि विमती छैन भनेर लेख्ने रु कि भाङ खाएर लेखेको हो रु’
उनले संविधानमा विमती भएर नै संविधान संशोधनको प्रस्ताव आएको हैन भन्दै प्रश्न गरे ।
प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार