राष्ट्रपतिले “मेरो सरकार” भन्दा विरोध गर्नेहरुलाई आयो कडा जवाफ


 


काठमाण्डौँ । राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा आफ्नो संबोधनमा मेरो सरकार भनेको विषयलाई लिएर अहिले सामाजिक सञ्चालमा चर्काचर्की भइरहेको छ । धेरैले राष्ट्रपतिको मेरो सरकार सम्बोधनलाई राजतन्त्रको छनक आएको भन्दै विरोध र आलोचना समेत गरिरहेका छन् । यसै सम्दर्भमा पूर्व महान्याधिवक्त तथा अन्तराष्ट्रिय कानुनका प्राध्यापक डा. युवराज संग्रौलाको भने अरु भन्दा फरक धारण आएको छ । उनले राष्ट्रपतिको उक्त सम्बोधलाई राष्ट्रप्रमुखले मेरो सरकार भन्दा के गल्ती भयो ? भनेर फेसबुकमा लामै स्टाटस पोष्ट गरेका छन् ।

पढौ डा. संग्रौलाको स्टाटस जस्ताको तस्तै ।

समाजमा सभ्यताको अपेक्षा गर्नेले पहिला आफू सभ्य हुनु पर्छ। सन्दर्भ रास्ट्रपतिले “मेरो सरकार“ भनेको कुरामा के गल्ती भो “रास्ट्रपतिले मेरो सरकार भन्दा“ ? रास्ट्रपतिलाई राज्यको प्रमुख मानिन्छ, संबिधानले पनि त्यही मानेको छ । तर बिगत केही बर्षमा मौलाएको अराजकताले नेपालीहरुलाई फोहोरी बनाएको प्रतित हुन्छ । देशको सर्बोच्च पदप्रती मर्यादा गर्ने नसक्ने हामीले, स्वतन्त्र रास्ट्र भनी कुर्लिनुको आधार के हो ?

१. राजा संबैधानिक थिए, तर उनी पनि “मेरो सरकार भन्ने गर्थे।“ किन आपत्ति भएन ? रास्ट्रपति देशको प्रमुख हो, उनले “मेरो सरकार“ भन्दा के गल्ती भयो ? ठूलाठूला पत्रिका चलाउने मित्रहरु बताइदिनुहोस, रास्ट्रपतिले मेरो सरकार भन्न कुन कानुन र संबिधानको कुन धाराले रोकेको छ ?

२. रास्ट्रपति राज्य प्रमुख भएको हुनाले, राज्यको सरकारलाई रास्ट्रपतिले मेरो सरकार भन्दा, बिद्यादेबि भण्डारीको सरकार भनेको होइन, राज्यको सरकार भनेको हो भनेर बुज्न पनि कसैले पढाउनु पर्ने ? संसदमा रास्ट्रपतिको सम्बोधनमा राज्य बोलेको हो भन्डारी बोलेको होइन । “राज्यले“ मेरो सरकार भनेको हो । रास्ट्रपतिलाई त फौजदारी दायित्वबाट पनि मुक्ति दिएको हुन्छ ।

३. प्रधानमन्त्री लगाएत राज्यका सबै पदहरु रास्ट्रपति समक्ष सपथ लिए पछि क्रियाशिल हुन्छ्न । संकटकालमा रास्ट्रपतिले नै देशको जिम्मा लिनु पर्छ। रास्ट्रपति कमान्डर इन चिफ पनि हो । त्यसैले उसलाइ राज्यको संरक्षक मानिन्छ । उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेको सरकारलाई मार्गनिर्देशन दिएको हो । त्यसैले “मेरो सरकार“ भनेको “नेपालको संबिधान अन्तर्गतको सरकार भनेको हो । अल्पज्ञान खतरनाक हुन्छ ।

४. हामीले यो बुज्नु पर्छ, हामी लोकतान्त्रिक ब्यबस्था अन्तर्गत छौ । जुन ढांचाको सरकार हामीसँग छ,, त्यसलाई संबैधानिक राज्य प्रमुखको ढांचा भनिन्छ । यस्तो ढांचामा राज्यको सरकार राज्य प्रमुखकै हुन्छ । तर त्यो अधिकार पार्लियामेन्टले बनाएको प्रधानमन्त्रीले प्रयोग गर्छ ।

५. देशलाई कमजोर पार्ने तत्वले राज्यका सबै निकायलाई पत्रु जस्तो बनाइदिएको छ । देशको सम्मान भनेको देशका संयन्त्रहरुको पनि सम्मान हो । सगरमाथाको गीत गाएर मात्र देशभक्ती र माया हुँदैन । सभ्य नागरिकले रास्ट्रका निकाय प्रति सम्मान गर्न र लोकतान्त्रिक ब्यबस्थाको कदर गर्न पनि जान्नु पर्छ ।

६. आकासमा हवाइजाहाज होल्ड गरेको कुरा समेत उठ्यो । अमेरीकामा रास्ट्रपति आउंदा के हुन्छ ? खोज्नु होस् ।

७. रास्ट्रपतिले भन्ने “मेरो सरकार“ नै हो । बकम्फुस तर्क नदिऔ । रास्ट्रपति राज्यप्रमुख हो, त्यो पदले सम्पुर्ण राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छ । त्यसैले सरकारलाई मेरो भनिएको हो । चाकरी गरेको नभन्नुहोला म रास्ट्रपतिको लिस्टमा परेको र निम्ता पाउने मानिस होइन । मैले राज्यको प्रतिरक्षा गरेको हो ।

प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्