आज सामान्य हावाहुरी र पानी पर्न सक्ने सम्भावना


 


काठमाण्डौ । आइतबार देशका केही पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् ।अरु ठाउँको मौमस भने सामान्यतया सफा रहने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

तर मनसुन पूर्वको समय भएकाले बेलुका तिर भने सामान्य हावाहुरी र पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो । यस्तै केही दिन अलि कम भएको देशको तापक्रम आजदेखि फेरि विस्तारै बढ्न सुरु हुने उहाँको भनाई छ ।

आज काठमाडौको अधिकतम तापक्रम २६ डिग्रि सेल्सियसदेखि २८ डिग्री सेल्सियसको हाराहारीमा रहने पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्