नेत्रविक्रम चन्द विप्लपलाई प्रधानमन्त्रीको चेतावनी अब हतियार बुझाउन नआए समाप्त गर्छौ


 


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा नआए नेत्रविक्रम चन्द विप्लव समूहको अस्तित्व नै समाप्त हुने बताउनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियामा नआए विप्लव समुह नै समाप्त हुने बताउनुभएको हो । सरकारले पृथकतकावादको अन्त्य गरेसँगै विप्लव समूहको नाममा हुने क्रियाकलाप नियन्त्रणमा लागेको भन्दै उहाँले हतियार बुझाएर हिंसा नत्यागे अप्ठ्यारो ढंगले समूहनै समाप्त हुने अवस्थामा पुग्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘पृथकतावाद अन्त्य गर्यौँ र विप्लव समूहको नाममा मच्च्याइएको त्रासलाई पनि नियन्त्रण गर्छौँ, उनीहरुले हिंसाको बाटो छोड्नु, हतियार बुझाउने, सकेसम्म छिटो शान्ति प्रक्रियामा आउनु हितकर हुनेछ । त्यसो नगरे असहज अवस्थाबाट अप्ठ्यारो ढंगले समाप्त हुने अवस्थामा पुग्छन् ।’

विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धलाई लिएर पार्टी भित्रै पनि विरोध भएको स्मरण गर्दै उहाँले उनीहरुको क्रियाकलाप गैरकानुनी र असंबैधानिक भएकाले सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘कतिपयले विप्लव समूहमाथिको प्रतिबन्धलाई उचित भएन भनेर विरोध गरे । उनीहरुका क्रियाकलाप अवैध, हानिकार, असंबैधानिक गैरकानुनी भएकाले जायज हुन सक्दैन, त्यसकारण त्यस्ता आतंककारी गतिविधि प्रतिबन्ध लगाइएको हो । त्यसलाई नबुझेर प्रतिबन्ध लगाउनु हुदैँन भनियो । अनि के बम पड्काउ भन्ने ? मान्छे मार्न इजाजत छ भन्ने ? मान्छेलाई तर्साएर पैसा जतिपनि असुल्न इजाजत छ भन्ने ?

प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्