प्रचण्डको जवाफ सुनेर सांसदहरु नै चकित !


 


काठमाडौं २२ वैशाख–नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ शब्दावली उल्लेख गरेकामा सत्तारुढ नेकपामा संसदीय दलको बैठकमै आलोचना भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै नीति तथा कार्यक्रम आफूले पढ्दा ‘मेरो सरकार’ उल्लेख नभएको बताएपछि सांसदहरु झन अचम्मित भएका थिए । ‘अरु विषयमा छलफल भएको थियो’, प्रचण्डले भने, ‘मेरो सरकारको कुरा मैले पढेको नीति तथा कार्यक्रममा थिएन । मलाई यसबारे जानकारी छैन ।’

बैठकमा सांसद रामकुमारी झाँक्रीले मेरो सरकार भनिएकामा आपत्ति जनाएकी थिइन् । ‘यो भाषा बेठीक छ , गणतन्त्रमा यस्तो भाषा सुहाउँदैन’, उनले भनिन् । बैठकमा सांसद जनार्दन शर्माले मेरो सरकार भन्ने भाषाले राष्ट्रपति विवादमा परेकाले सरकारले यसलाई प्रस्ट पार्नुपर्ने बताए । सांसदहरुले विरोध गरेपछि नेताहरुले अन्तर्राष्ट्रिय मान्यताअनुसार नै यस्तो भाषा राखिएको भन्दै सम्झाउने प्रयास गरेका थिए । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्