प्रधानमन्त्रीओली भन्छन् -यो राष्ट्रपतिकै सरकार हो, कुवाका भ्यागुताहरुले विरोध गरे के हुन्छ !


 


काठमाडौ , २१ वैशाख/

प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्ष २०७६र०७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारलाई ‘मेरो सरकार’ भनेकामा विरोध गर्नेहरुप्रति रोष प्रकट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले राष्ट्रपतिको बचाउका साथै विरोध गर्नेहरुको उछितो काढे । यतिसम्म कि राष्ट्रपतिप्रति टिप्पणी गर्नेहरुलाई उनले ‘कुवाको भ्यागुता’ को संज्ञा समेत दिए । उनले राष्ट्रपतिले मेरो सरकार भनेकामा प्रश्न उठाउनेहरुलाई ‘छिचरा तर्क’ मा नलाग्न चेतावनी दिए । राष्ट्रप्रमुखका हैसियतमा राष्ट्रपतिले सरकारलाई ‘मेरो सरकार’ भन्न पाउने र मिल्ने तर्क उनको थियो । मेरो भन्नुको अर्थ सामूहिक भन्नु रहेको भन्दै उनले राष्ट्रपति मुलुकको राष्ट्रप्रमुख भएकाले सरकारलाई मेरो भन्दा कसैले आपत्ति जनाउनुनपर्ने जिकिर गरे ।

उनले राष्ट्रपतिले मेरो सरकार भन्नु अन्तर्राष्ट्रिय अभ्याससमेत भएको सुनाए । ‘राष्ट्र प्रमुखको हैसियतले मेरो नेतृत्वको अहिलेको सरकार राष्ट्रपतिको सरकार हो’, उनलदे भने, ‘ राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने अन्तरर्राष्ट्रिय अभ्यास छ ।’ उनले भारतमा पनि गणतन्त्र रहेको र राष्ट्रपतिले मेरो सरकार भन्ने गरेको चर्चा गर्दै नेपालमा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा राजतन्त्रको झल्को आयो भन्नु राजतन्त्रको झल्को लागेकाहरुको टिप्पणी भएको आरोप लगाए । भारतमा धेरै पहिला नै गणतन्त्र आएको र नेपालमा भर्खर राजतन्त्र गएर दुईजना मात्र राष्ट्रपति भएकाले धेरैलाई राजतन्त्रको झल्को लागेको उनको भनाइ थियो ।

उनले काँग्रेसतर्फ इंगित गर्दै कतिपय लोकतान्त्रिक शक्तिका नेताले राजतन्त्र भन्दै हिंडेको बताए । राजतन्त्रको झल्को लाग्न जरुरी नभएको पनि उनले जनाए । ‘हामीले बाहिरी संसार हेर्नुप(यो । युट्युबमा हेर्नु नि संसारभर मेरो सरकार भन्ने चलन छ ।’, ओलीले भने, ‘आजको दुनियाँमा हामीले आफूलाई कुपमण्डुक बनाउनु हुँदैन ।’ प्रणाली नबुझ्नेहरुले राष्ट्रपतिले मेरो सरकार भन्दा आपत्ति जनाएको आरोप प्रधानमन्त्रीले लगाए

प्रकाशित मिति: २१ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्