वर्षायाममा सेक्स : यस्ता छन् जोखिम


 


मनसुन सुरु हुने पक्रियामा छ । हुन त बर्सात भनेको हिलो मैलोको याम ठानिन्छ। तर यसका साथै यो नयाँ सृष्टिको मौसम हो, यस मौसममा चारैतिर हरियाली हुने मात्र हैन चराहरूको चिरबिरले समेत फरक वातावरण सिर्जना गरिरहेको हुन्छ।

यदि हिलो-धुलो बिर्सेर हरियाली र प्रकृतिको सौन्दर्यतिर ध्यान दिने हो भने यसलाई प्रेम सम्बन्धका लागि समेत आदर्श मौसमको रूपमा लिन सकिन्छ। यस्तोमा कतिपय प्रेमी युगलहरू प्रेमालिङ्गनमा बाँधिन लालायित हुनु स्वाभाविक नै हो। तर यो संक्रमणका लागि पनि अत्यधिक सम्भाव्य समय भएकाले यस्तो बेलामा यौन सम्पर्क राख्दा धेरै कुरामा ध्यान दिनु पर्ने हुन्छ।

वर्षायाम र प्रेमसम्बन्धबीच धेरै निकटता छ। तर यस्तो मौसममा गरिने शारीरिक सम्बन्धले आनन्द प्रदान गर्ने मात्र होइन त्यत्तिकै जोखिम पनि बोकेको हुन्छ। कतिपयले त नया अनुभूति प्राप्त गर्न झरी झर्दै गर्दा घरको छतमाथि समेत शारीरिक समन्ध राख्दछन् तर चाहे त्यो बन्द कोठाभित्र होस् या खुल्लामा उपयुक्त सावधानी अपनाउनु भएन भने त्यसले नचाहिने दुःख दिन सक्छ।

मनसुन प्रेमको याम त हो नै साथै यो संक्रमणहरूको याम हो त्यसैले यस्तो समयमा विशेष सजगता अपनाउनुपर्ने हुन्छ।

केकस्ता संक्रमण हुन सक्छन् त यस मौसममा?

जेनाइटल हर्पिस

जेनाइटल हर्पिस ब्याक्टेरियाका कारण हुने रोग हो। खास गरेर वर्षायाममा यौन सम्पर्क राख्नाले यस समस्याको चपेटमा आउने डर रहन्छ। यस रोगले संक्रमित भएमा गुप्ताङ्ग वरिपरि सानासाना खटिरा आउँछन् र पछि तिनमा अझै जटिलता थपिएर समस्या बल्झिन सक्छ। यसबाट बच्न सरसफाइमा ध्यान दिनु आवश्यक छ।

प्राकृतिक चिप्लो पदार्थको कमी

झरीमा खुला आकाश मुन्तिर यौन सम्प‍र्क गर्नुको अर्को जोखिम हो पानीको सम्पर्कमा आउँदा योनीबाट निस्किने प्राकृतिक चिप्लो पदार्थले काम गर्न छाड्छ। यसको कारण केहू भने शरीरभित्रबाट निस्किने चिप्लो पदार्थ जसले यौन सम्पर्कको क्रियामा सहायक भूमिका निर्वाह गरिराखेको हुन्छ त्यो पानीको सम्पर्कमा आउने बित्तिकै निष्क्रिय हुन जान्छ। यस्तो अवस्थामा यौन सम्पर्क विशेषगरि महिलाका लागि पीडादायक हुने गर्दछ।

ओरल सेक्स: बच्नु नै राम्रो

वर्षायाममा जतिसुकै सरसफाइमा ध्यान दिँदा पनि संक्रमणको जोखिम रहिराख्छ त्यसैले यस्तो बेला ओरल सेक्स या मुख मैथुन नगर्नु नै उत्तम हुने गर्दछ। यस्तो मौसममा ओरल सेक्स गर्दा सुजाक या गनोरिया नामक संक्रमणको खतरा रहन्छ। यौनजन्य संक्रमण सुजाकको संक्रमण हुनु धेरै जोखिमपूर्ण अवस्था मानिन्छ।

प्रकाशित मिति: २१ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्