भवनको जग खन्ने क्रममा १९ तोला सुन भेटियो


 


अछाम । अछामको साँफेबगर नगरपालिका २ जाल्पादेवी श्रीकोट स्थित त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा सुन र चाँदी भेटिएको छ ।

चार कोठे भवनको पिल्लरका लागि जग खन्ने क्रममा मजदुरले २ सय ३१ दशमलव ६७ ग्राम सुन र १५ सय ४८ ग्राम चाँदी फेला परेको प्रहरीले जनाएको छ ।

फेला पारेको सुनचाँदी जिल्ला प्रहरी कार्यालय मंगलसेनमा पठाईएको छ । सो स्थानमा मानिसको खुट्टा जस्तो देखिने पहेलो धातु पनि भेटिएको छ । मजदुरहरुबीच भागबण्डामा विवाद भएपछि कुरा बाहिर आएको थियो । विस १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ ।

बिस १४०९ मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उहाँको प्रभावलाई नष्ट पार्न र सिंजाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थाले पछि त्यस बेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: २१ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्