नीति तथा कार्यक्रमलाई कांग्रेसले समर्थन नगर्ने


 


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताएको छ ।राष्ट्रपतिद्धारा सरकारको आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएका नीति कार्यक्रमप्रति विमति राखेको छ । सरकारको नीति तथा कार्यक्रम प्रति प्रवक्ता विश्व प्रकाश शर्माले भन्नुभयो, ‘नीति चार बोरा आएको छ । तर, कार्यक्रम एक अम्खोरा जति छ ।’

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मिथ्यांक प्रस्तुत गरेको आरोप लगाउँदै प्रवक्ता शर्माले भन्नुभयो, ‘यो सरकारले हिंसा अन्त्य गरेको हो ? के आधारमा भन्यो ? बरु यो सरकारको समयमा बम पड्केर मान्छे मरेका छन् । दलमाथि प्रतिबन्ध लागेको छ । बलत्कार र हिंसाका घटना बढेको छ । भ्रष्टाचार मौलाएको छ ।’

प्रकाशित मिति: २१ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्