राजधानीमा ग्याङ फाईट, एक जनाको ज्यानै गयो


 


ललितपुर । राजधानीको ललितपुरको सानेपामा ‘ग्याङ्ग फाईट’ हुँदा एक जनाको मृत्यु भएको छ । केटीको बिषयमा भएको विवादले दुई समूहबीच छुरी हानाहानसम्मको अवस्था सिर्जना भएको थियो ।

छुरी लागेर ललितपुर महानगरपालिका वडा नम्बर ६ प्रयाग पोखरी बस्ने २० बर्षीय अन्सल शाक्यको मृत्यु भएको छ । छुरी लागेर घाइते भएका शाक्यको मृत्यु भइसकेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक नारायण चिमरियाले जानकारी दिए ।घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको उनले बताए ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्