के हो माता तिर्थ औशी भनेको ? किन मनाइन्छ ?


 


लेखक: सुरेन्द्र बिष्णु बलबद्र प्रसाई

किबदन्ती अनुसार एक दिन गाई चराउन गएको गोठालोले आफुसित लगेको रोटी जब पोखरिको किनारमा बसी खान खोज्दा जती पल्ट रोटी निकालेर खान खोज्यो उति पल्ट उस्का सबै रोटी तलाउमा झरे, अनि उ आफै तलाउमा हामफालेर हेर्छ त उस्की स्वर्गबसी आमा पो उस्का रोटी जती सबै हातमा लिएर बसेको देखेरे गोठालोले कर गर्यो आमालाई आफैसित घर लान । आमा मनिन्न गोठालो ले पनि जिद्दी कस्यो आमालाई घर नलिजान्न भनेर ।

अनि आमाले केहि सिप नलागे पछी प्रतेक बर्ष आजकै दिन आफु यही पोखरीमा आउने र दर्शन दिने बाताए पछी गोठालो घर फर्कियो । अनि गाँउ भरिका मान्छेहरु प्रतेक बर्ष उक्त तलाउमा जादै आफ्नी स्वर्गबासी आमाको दर्शन गर्न थाले र तेही दिनलाई मात तिर्थ औशी को रुपमा मनाउन थाले । कालन्तरमा एक बर्ष एउटी नारी धेरै समय सम्म प-खदा पनि आमाले दर्शन नदिएर उक्त तलाउमै हाम फालेर मरिन तेस बर्षबाट आमाको तस्बिर तलाउमा देखिन छाडेको किबदन्ती छ भनिन्छ.आज पनि आमा नभएका हरु उक्त तलाउमा माता तिर्थ औशी को दिन नुहाउछन जस्लाई माता तिर्थ कुन्ड भनिन्छ ।

के हो आमा भनेको ?

नेपाली शब्दकोश को परिभषा अनुसार “स्वास्नी मान्छे जो आफ्नो गर्भाशयबाट गर्भ धारण गरी बच्चा जन्माउछें ।”, बच्चा जन्माएकी स्त्री, आफूलाई जन्म दिने महिला (English ma) A woman in relation to a child or children to whom she has given birth. , A female person who is pregnant with or gives birth to a child. b. A female person whose egg unites with a sperm, resulting in the conception of a child. भनेर परिभाषित गरेको पाइन्छ । तर आमा शब्दनै काफी छ । पुण छ । कुनै परिभाषाको खाँचो छैन। मातालाई पूर्बीय मात्र होइन पश्चिमी संस्कृतिमा मा पनि उत्तिकै महत्व दिन्छन | नेपालमा दशैँ तिहारलाइ नै विस्थापन गर्ने हिसाबले क्रिसमस, न्यु एअर, भ्यालेन्टाइन डे, अप्रिल फुल जस्ता पश्चिमी चाडपर्ब मनाउदै आएका पश्चिमी संस्कृतिमा अलिक बढी नै चासो राख्नेहरुले यो चाड मातातीर्थ औशीलाइ चै नभुल्लन भन्ने आशा गर्न सकिन्छ |

मातातीर्थ औशी भने पनि ‘मदर्स डे’ भने पनि, आमाको मुख हेर्ने दिन भने पनि आखिरमा आफुलाई जन्म दिने आमाको पूजानै गर्ने हुनाले र यी दुइ पुर्बीय र पश्चिमी चाड मनाउने समय पनि नजिक नै पर्ने हुनाले यो नेपाली संस्कृतिको आयु अलिक बढी नै हुन्छ होला, होइन त ? हो आमा हुनलाई गर्भ हुनै पर्छ, आफैले बच्चा जन्माउनु पर्छ । धर्म पुत्रपुत्री पाल्नेहारु पनि आमा हुन उनिहरुको पालन पोषणमा शङ्का होएन तर उनिहरु आमा भाइकन पनि आमा होइन्न । आमा हुनुको पुणता गर्भ धारणमा हुन्छ ।गर्भको बच्चा चल्मलाउन थलेपछाडी त्यो गुद्द्गुदी त्यो काउकुति,त्यो आभाष सबै भन्दा प्रीय र मनोरञ्जक हुन्छ ।अनि बिज्ञहरुका अनुसार प्रसब पिडा सबै भन्दा दुखदायी पिडा हो ।

तर जब आमा ले नवजात शिशुको रोदन सुन्छिन उन्को दु:ख, दर्द कपुर जस्तै फुर्र उड्छ । यो क्रम सगैं श्रीष्टी चल्छ । बैज्ञानिक हरुका अनुसार एक शरिरबाट अर्को शरिर बन्ने प्रकृया अत्यन्त जटिल र नाजुक जैबिक कृया हो । आमा हुनलाई यो चारणबाट पार हुनु पर्छ आमा हुनुको अलौंकिक अनुभव र परम उन्माद पनि यसैमा छ । गितामा उल्लेख छ ” जब कुनै नारी आमा बन्छे अनि मात्र उस्ले पुणता पाँउछे । आमा पुण हो ।श्रेष्ठ हो ।जनानी हो स्वर्ग को तिर्थ हो ।” माता तिर्थ औंशिको दिन मात्र आमा पुज्य होएन आमा समकालीन पुज्य हुन ।

गणेश मान सिंह ले भने जस्तो ‘नेपालिहरु बर्ष भरी साप मार्छन अनि नाग पञ्चमिको दिन साप को पुजा गर्छन ।” तर नेपाली हरु आमालाई बर्ष भरी पुजा गर्छन अनि आजको दिनमा आमाकै नाममा समर्पण गर्छन ।आमा आजको दिनमा मात्र सम्झिने चिज होइन्न आमा बिर्षिएकी कै कहिले थिन र आज सम्झनु ? । आमा रगतको थोपा थोपा मा छिन, बोलिमा छिन,पल पलामा छिन ।आमा ब्यापक छन निरकार छन्,रोम रोममा आमा छ्न ।

तिर्थ जाने चलन आजको होईन । पश्चयात मुलुकले आफुसित धेरै श्रोत र साधन भएपछी तिर्थ जाने चलनलाई अपभ्रष गरेर पिकनिक र पर्यटक बनाएका हुन । हामीले तिनि हरुको पछिलग्गु हुन छैन ।हाम्रा आफ्नै मौलिकता छ्न, उनिहरुको पछी लाग्नु जरुरी छैन ।आमानै सबै भन्दा ठुली तिर्थ हुन्,धाम हुन । पुरण कथामा उल्लेख छ- शिबपार्वती का छोराहरु ,जस्मा कुमार आफ्नो मयुर चडी सुमेरु पर्बत परिक्रमा गर्न जान्छन यता श्री गणेश भने आमाबुवाको पुजा परिक्रमा गरी संसार डुलेको शिद्द गर्छन ।

कतिपय पन्डितहरु यस्लाई चाकारीको परकाष्ट भन्छ्न तर यो चाकारी होइन सेवा हो । समर्पण हो । आमाबुवाको सेवामा स्वार्थ हुन्न र जुन कार्यमा स्वार्थ हुन्न तेस्लाई चाकारी भनिन्न । माता तिर्थ औशिको दिन आमाको मुख हेरेर आमालाई यो सुन्दर संसारमा आफुलाई जन्माएकोमा धन्य हुने हो ।आमा सर्बकालीन महान हुन ।सन्तानहरु जती सुकै नालाएक भए पनि आमाको ममता र स्नेह कम हुन्न ।आमा बात्सल्य कि खानी हुन । आमा गित हुन आमा मित हुन ।आमा जननि हुन । तय्यांक शास्त्रीहरुको अनुसार्,आमा को बारेमा संसारमा लेखिएका पुस्तकहरु एउटा मान्छेले सुर्यको आयुभरिमा पढेर सकिन्न । यो सानो लेख आज माता तिर्थ औशिको दिन मेरी लगाएत सम्पुण आमाहरुको चारणमा सानो सम्मान मात्र हो ।

अन्तयमा आजको दिन जप्ने संस्कृतको मन्त्र – ।

१. स्नात्वा करोतिम य्: श्राद्धं माघो: कृष्णकुहौ दिने ।
२. वियोग न भवेन्मातु: वार्धक्येऽपी सुनिश्चितंम ।।
३. तृप्ता भवति तन्माता स्नानमात्रेण चात्र वै ।
४. ऋण: प्रमुच्यते सद्धो मातृगर्भस्थितोभ्दवै

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्