बाबुरामले भने : नीति तथा कार्यक्रममा नयाँपन छैन


 


काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सुन्दर निबन्धको संज्ञा दिएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै डा भट्टराईले नीति तथा कार्यक्रममा नयाँपन नआएको बताए ।

उनले भने, ‘सुन्दर निबन्ध । जस्तो बारिका पाटा र गह्रा सबै हराभरा । लय मिलेका शब्दहरु सुन्दर छन्’ डा भट्टराईले भने, ‘तर हामीले सुशासन, समृद्धिमा तीव्र फड्को मार्ने अपेक्षा गरेको हो । यसो गरिन्छ, उसो गरिन्छ भनेर सुन्दर ढंगले आयो । तर कसरी गर्ने भन्ने नयाँपन आएन ।’

डा भट्टराईले भ्रष्ट्राचार नियन्त्रण गर्ने भनिएपनि कसरी नियन्त्रण गर्ने भन्नेबारे उल्लेख नभएको भन्दै कर्मचारीलाई कसम खुवाउने भन्नमात्रै कुरा हाँसो लाग्दो भएको उल्लेख गरे ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्