भारतिय प्रधानमन्त्री मोदीलाई हराए राहुल गान्धिले


 


काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हराउदै कांग्रेस आईका अध्यक्ष राहुल गान्धी अगाडी बढेका छन् । उनीहरु बीच ट्विटरमा प्रतिसप्रधा भएको हो । प्रधानमन्त्री मोदी गान्धीसामु ट्विटरको लोकप्रियतामा हारेका छन् ।

लोकसभा चुनावको प्रचार अवधिमा भारतीय मिडिया इन्डिया टूडेले गरेको सामाजिक सञ्जालको लोकप्रियता अध्ययनमा राहुल गान्धीसामु मोदी कमजोर देखिएका छन्। सामाजिक सञ्जालको दबदबा बढिरहेका बेला भाषण र्‍यालीले मात्रै चुनाव नजितिने अवस्थाबीच ट्विटरमा मोदी कमजोर देखिएका हुन् । ट्विटरको लोकप्रियतामा राहुल गान्धी मोदीभन्दा अढाई गुणा अगाडि देखिएका आजतकले समाचार प्रकाशित गरेको छ।

ट्विटरमा राहुल गान्धीले गरेको ट्विट औसत ७ हजार ६ सय ६१ पटक रि–ट्विट हुने गरेको छ भने मोदीको २ हजार ९ सय ८४ पटक मात्रै रि–ट्विट हुने गरेको छ । रि–ट्विटमा गान्धी र मोदीपछि विदेशमन्त्री सुषमा स्वराज बढी लोकप्रिय देखिएकी छन् भने त्यसपछि वित्त मन्त्री अरुण जेटली छन् । क्रमशः पीयूष गोयल, राजनाथ सिंह पनि ट्विटमा बढी लोकप्रिय छन्।

ट्विटरमा प्रधानमन्त्री मोदीलाई पछ्याउने ४ करोड ७ लाख व्यक्ति छन् । त्यसपछि अरुण जेटली, राजनाथ सिंह, सुषमा स्वराज छन् । यो सूचीमा राहुल गान्धी पाँचौं नम्बरमा छन्, उनलाई ९३ लाख व्यक्तिले मात्रै पछ्याउँछन् तर रि–ट्विट हुने अनुपातमा भने गान्धी अग्रस्थानमा छन् ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्