सीएम कन्दङ्वा पुरस्कार एलपी र धनकुटेलाई


 


पथरीशनिश्चरे,  वैशाख २०

प्रजातन्त्र सेनानी एवम् साहित्यकार तथा शिक्षासेवी सीएम कन्दङ्वाको स्मृतिमा स्थापित पुरस्कारबाट विशिष्ठ लोक गायक एलपी जोशी र युवा साहित्यकार धनकुटे कान्छालाई सम्मानित गरिने भएको छ ।

सीएम कन्दङ्वा स्मृति कोष पथरीशनिश्चरे मोरङले आज पत्रकार सम्मेलनको आयोजना गरी वैशाख २६ गते साहित्यिक कार्यक्रमकामाझ पुरस्कार प्रदान गरिने जानकारी गराएको छ ।

कोषका अध्यक्ष गायक रविन कन्दङ्वाले पहिलो पटक ५० हजार राशीको राष्ट्यि विशिष्ठ प्रतिभा सम्मान विशिष्ठ लोकगायक जोशीलाई र ३५ हजार राशीको राष्ट्यि युवा प्रतिभा सम्मान धनकुटेलाई प्रदान गरिने निर्णय भएको जानकारी गराउनु भयो । दुवै सर्जक झापा दमकका हुनुहुन्छ ।

०४३ सालमा पथरीशनिश्चरेमा पहिलो संस्थागत विद्यालय एभरेष्ट माविको स्थापना गर्नुभएका सीएम कन्दंगवाको जन्मजयन्तीको सन्दर्भ पारेर वर्षेनी सो विद्यालयले यसखाले पुरस्कार प्रदान गर्न ५ लाखको कोष खडा गरेको छ ।

विशेषगरी प्रदेश नम्वर १ का भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, खेलकुद, पत्रकारिता, चिन्तन, समाजसेवा क्षेत्रका २ व्यक्तित्वलाई वर्षेनी पुरस्कार प्रदान गर्दै जानेछ । यस वर्षको पहिलो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा प्रदेशका प्रतिनिधि साहित्यकारका रचन समेत प्रस्तुत गरिने छ ।

विस. १९८५ चैत २९ गते भारतको दार्जिलिङमा जन्मिनु भएका कन्दङ्वाको ०६२ फागुन २५ गते पथरीशनिश्चरेमा निधन भएको थियो । उहाँका ४ कृति प्रकाशित छन् ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्