सरकारी जग्गा एक वर्षभित्र सरकारले फिर्ता लिने


 


काठमाडौं । सरकारले अतिक्रमण भएको सम्पूर्ण जग्गा एक वर्षभित्र फिर्ता गर्ने प्रतिवद्धता जनाएको छ। शुक्रबारसरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले एक वर्षभित्र सरकारी कार्यम गरिने सरकारको तर्फबाट प्रतिवद्धता गरेकी हुन्।

मेरो सरकारले अतिक्रमित सम्पूर्ण सरकारी जग्गाहरू आगामी वर्षभित्र सरकारी कायम गर्नेछ। राष्ट्रपति भण्डारीले उल्लेख गरिन् – सार्वजनिक जग्गामाथिको सबै प्रकारको अतिक्रमण हटाइनेछ। जग्गा प्रशासनमा अनियमितता गर्नेउपर छानबिन गरी कडा कारबाही गरिनेछ। आगामी चार वर्षभित्रमुक्त कमैया, मुक्त हलिया, सुकुम्बासीलगायत सबै भूमिहीन र सीमान्तकृत परिवारहरूको बसोबास व्यवस्थित गरिने,सूचना प्रविधिको प्रयोग गरी भूमि प्रशासनलाई व्यवस्थित, सरल, सहज र पारदर्शी बनाइने, नापी हुन बाँकी रहेका सम्पूर्ण क्षेत्रको नापी कार्य आगामी दुई वर्षभित्र सम्पन्‍न गरिने उल्लेख गरिएको छ।

राष्‍ट्रपति चुरे संरक्षण कार्यक्रमलाई समीक्षा र मूल्याङ्कन गरी प्रभावकारी पुनर्व्यवस्थापन गरिने, चुरे र भाव क्षेत्रका खोंचहरूमा जल पुनर्भरणका लागि पोखरीहरू निर्माण गरिने पनि उल्लेख गरिएको छ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्