नेपालीको आफ्नै पानीजहाजमा यात्रा गर्ने इच्छा छिट्टै पुरा हुने !


 


काठमाण्डौँ । नेपालीको आफ्नै पानी जहाजमा यात्रा गर्ने इच्छा छिट्टै पुरा हुने भएको छ । सरकारको नीति तथा कार्यक्रममा नेपालीको आफ्नै पानी जहाज चढ्ने इच्छा पुरा हुने गरी सरकारले तीव्र गतिमा काम गरेको उल्लेख छ ।

त्यस्तै सरकारले जग्गा प्राप्ति प्रक्रिया सहज बनाइने भएको छ । कोशी र कर्णाली करिडोरको ट्याक खोल्ने काम आगामी वर्ष सकिने ४ वर्षभित्र मध्यपहाडी लोकमार्ग सम्पन्न हुने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

४ बर्षमा फास्ट ट्रयाक र हुलाकी राजमार्ग निर्माण सकिने सरकारले जनाएको छ । सिक्टा आयोजनाको सबै काम ४ वर्ष्भित्र सकिने आगामी आर्थिक वर्षभित्र मेलम्ची आयोजना पूरा गर्ने सरकारले जनाएको छ । पोखरा विमानस्थल २०२१ देखि सञ्चालन गरिने ।

नेपालीको आफ्नै पानीजहाजमा यात्रा गर्ने इच्छा छिट्टै पुरा हुने आगामी वर्ष्भित्र विराटनगरसम्म रेल सञ्चालन गरिनेछ । काठमाडौंलाई भारत र चीन दुबैतर्फको रेल मार्गले जोड्न २ वषभित्र निर्माण कार्य सुरु गरिनेछ ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्