गगन थापाले भने : राष्ट्रपतिको नीजि सरकार रहेछ, जनताको सरकार कहाँ छ ?


 


काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य गगन थापाले संसदमा नेपाल सरकारको नीति तथा कार्यक्रम पेश नभएको बताएका छन् । संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दै बारम्बार “मेरो सरकार” शब्द उच्चारण गरेपछि संसदबाटै ट्वीट गरी सांसद थापाले संसदमा राष्ट्रपतिले आफ्नो नीजि सरकारको कार्यक्रम पढेको भन्दै व्यंग्य गरेका छन् ।

संसदमा जनता र नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न बसेको भएपनि महामहिमको नीजि सरकारको कार्यक्रम घोषणा भएको भन्दै सरकारको नीति तथा कार्यक्रम कहिले आउछ भनी प्रश्न गरेका छन् ।

म त नेपाल सरकारको ( जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। @PM_Nepal ज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?

— Gagan Thapa (@thapagk) May 3, 2019

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्