नीति तथा कार्यक्रम : बृद्धभत्ता बढाउने सरकारको घोषणा


 


काठमाण्डौ, बैशाख २०

सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने भएको छ । संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यो घोषणा गर्नुभएको हो । यसअघि प्रधानमन्त्री र मन्त्रीहरुले पनि वृद्धभत्ता बढ्ने बताउँदै आएका थिए ।

चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै सरकारको आलोचना भएको थियो ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्