उडिसामा फानीको ताण्डव, ३ जनाको ज्यान गयो


 


एजेन्सी । बंगालको खाडीमा विकसित भएको शक्तिशाली फानी नामक आँधीले भारतको उडिसामा तान्डव मच्चाएको छ । आँधीका कारण अहिलेसम्म तीनजनाको मृत्यु भइसकेको छ । बिजुलीका पोलहरु ढलेका छन् भने रुख र कमजोर घर पनि ढल्दा भौतिक क्षति बढी भएको भारतीय संचार माध्यामले जनाएका छन् । २ सय ४५ किलोमिटर प्रतिघण्टाको वेगमा आएको आँधीले पुर्याएको क्षतिको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन ।

उडिसामा अहिले आँधी कमजोर हुँदै पश्चिम बंगालतर्फ अघि बढिरहेको छ । आज साँझसम्म पश्चिम बंगाल पुग्ने अनुमान गर्दै त्यहाँ पनि पूर्ण सतर्कता अपनाइएको भारतीय संचारमाध्यामले उल्लेख गरेका छन् । मानिसहरुलाई घर बाहिर ननिक्लन आग्रह गरिएको छ ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्