तुइन विस्थापित गरी झोलुङ्गे पुन निर्माण गर्ने सरकारको अभियान सफल


 


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तुइन विस्थापित गरी झोलुङ्गे पुन निर्माण गर्ने सरकारको अभियान सफल भएको बताएकी छन् ।शुक्रबार संघीय संसदको संयुक्त वैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकार झोलुङ्गे पुल लिएर देशभरका खोला–खोलामा पुगेको बताइन् ।

‘विकास सम्भव छ र हाम्रै पालमा सम्भव छ भन्ने विश्वास मजबुद भएको छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘कोशी स्टिमर चल्न थालेको छ । नेपालको झन्डासहितको पानी जहाज चल्ने संभावना बढेको छ ।’

राष्ट्रपति भण्डारीले पहाडमा सुरुङ बनाउने, सिचाइँका लागि सुरुङको माध्यमबाट पानी ल्याउने र आफ्नै स्याटेलाइटबाट सूचनामा प्रविधिमा लाग्ने सोच पनि यथार्थ बन्दै गएको राष्ट्रपति भण्डारीको भनाइ छ ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्