प्रदेश १ को स्थायी राजधानी विराटनगर, नाम अर्को अधिबेशनबाट


 


विराटनगर, बैशाख २०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर एक कमिटीले प्रदेशको स्थायी राजधानी विराटनगरलाई नै बनाउने निर्णय गरेको छ । कमिटिको आज बसेको बैठकले राजधानी विराटनगरलाई नै बनाउने तर केही संरचना भने गोठगाउँ र इटहरीमा पनि राख्ने निर्णय गरेको प्रदेश इन्चार्ज भीम आचार्यले जानकारी दिए ।

यस विषयमा विपक्षी दलहरुसँग पनि छलफल गरिने र त्यहीअनुसार प्रदेशसभामा प्रस्ताव लैजाने उनले बताए । नामको विषयमा भने नेकपा बैठकले टुंगो लगाउन सकेन । दलहरुबीच सहमति नजुटेकाले प्रदेशसभाको बैठक २२ गतेलाई सारिएको छ ।

यसअघि वैशाख १९ गतेसम्म नाम र राजधानीको प्रस्ताव गर्न प्रदेशसभाले सूचना जारी गरेको थियो । प्रदेशसभामा नेकपाले दुई तिहाई मत रहेकाले विराटनगर नै प्रदेशको राजधानी हुने निश्चित प्राय : छ । प्रदेशको नाममा सहमती नजुटेकाले अर्को अधिबेशनबाट मात्रै टुंगो लगाईने जनाईएको छ ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्