संसद भवन परिसरमा कहाँबाट आए भुस्याहा कुकुर ?


 


काठमाडौँ । शुक्रबार बिहानैबाट संसद भवन सिगार्न संसदका कर्मचारीहरुलाई भ्याईनभ्याई थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाले संसद भवन सिगार्न कर्मचारीलाई चटारो भइरहेका वेला संसद भवन परिसरमा एक हुल भुस्याहा कुकुर संसद परिसरमा छिरेका थिए ।

कडा सुरक्षाका बीच भुस्याहा कुकुर संसद परिसरमा परेपछि त्याहाँ पुगेका सञ्चारकर्मीको ध्यान कुकुरतर्फ केन्द्रीत हुने नै भयो । सञ्चारकर्मीले तिनै कुकुरको तस्विर लिन थालेपछि संसद परिसरमा खटिएका सुरक्षाकर्मीले हतारहतार ती कुकुरलाई लखेटेका थिए ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्