बिराटचाैकमा रेड कार्पेटकाे युनिसेक्स शैलुन , यस्ता छन बिशेषता


 


इटहरी । पछिल्लाे समय ब्युटिसियन तथा हेयर स्टायलकाे क्षेत्रमा युवा युवतिमाझ लाेकप्रिय बनेकाे रेड कार्पेटले माेरङकाे बिराटचाैकमा तेश्राे शाखा बिस्तार गरेकाे छ । सुनसरीकाे धरानमा मुख्य कार्यालय रहेकाे रेड कार्पेटले बिहीबार माेरङकाे शुन्दर हरैचा नगरपालीका अन्तरगत वाड नं ९ बिराटचाैक(बुधबारे)मा तेश्राे शाखा स्थापना गरेकाे हाे । यस अघि नै माेरङकाे बिराटनगर र इटहरीमा शाखा बिस्तार गरिसकेकाे रेड कार्पेटले बिराटचाैकमा युनिसेक्स शैलुन एण्ड एकेडेमि बिहीबारबाट सञ्चालनमा ल्याएकाे छ ।

बदलिदाे परिवेश , समयकाे माग र युवाहरूकाे चाहना संगै परिवर्तनकारी समयलाइ मध्यनजर गर्दै बिराटचाैकका जुझारू युवाहरू सचिन रैका र टंक मगरले संयुक्त रूपमा साे शैलुन सञ्चालनमा ल्याएका हुन । समयकाे मागसंगै युवावर्गहरूलाइ ब्यवसाय तर्फ उन्मुख गराउन र केहि नयाँ ब्यवसाय गराै भन्ने उद्श्ये राखेर बिराटचाैकमा साे शैलुन सञ्चालनमा ल्याइएकाे सञ्चालक मध्येका सचिन रैकाले बताए ।

उदघाटन समाराेहका प्रमुख अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य तथा स्थानीय समाजसेवि ललित बहादुर श्रेस्ठले नयाँ प्रकारकाे ब्यवसाय स्थापना हुनु बिराटचाैककालागि गर्व गर्ने बिषय रहेकाे बताउदै युवाहरूकाे सकृयताले टाेल , समाज र सिंगाे देश बन्न सक्ने धारणा राखेका थिए ।उनले युवाहरूकै सकृियताका कारण बिराटचाेककाे महार पछिल्लाे समय बिकासले फडकाे मार्न थालेकाे पनि बताए । उनले युवाहरूले थालेकाे नयाँ ब्यवसायकाे सफलताकाे शुभकामना संगै भविस्यमा धेरै युवायुवतिहरूलाइ राेजगार दिने उद्याेगकाे रूपमा स्थापित हाेस भन्ने धारणा राखे ।

यस्ता छन सेवा सुविधा

समयकाे परिवर्तनसंगै युवायुवतिहरूमाझ फेशनकाे लाेकप्रियता बढनु स्वभाविकै हाे । छिन छिनमा कपडा बदल्नु साथै अाफ्नाे अनुहार र कपालकाे बनावट महिनै पिच्छे परिवर्तन गरिरहनु अहिलेकाे समयमा कुनै नाैलाे मानिदैन यसैलाइ मध्य नजर गर्दै बिराटचाैकमा युनिसेक्स शैलुन एण्ड एकेडेमि स्थापना भएकाे सञ्चालक टंक मगरले बताए ।

उनका अनुसार युवाहरूले चाहे अनुसारकाे हेयर स्टाइल , अनुहारकाे चमक , लगायत ब्युटिसियन सम्बन्धि सम्पुर्ण सेवा एकै स्थानबाट प्रदान गरिने उद्श्यका साथ याे शैलुन स्थापना भएकाे हाे । शैलुन संगै युवतिहरूलाइ गर्मि र जाडाेमा लगाइने पहिरनहरू लगायत त्यसले स्वास्थ्यमा पार्ने असरका बिषयहरूमा पनि शन्देशमुलक ज्ञान दिने गरेकाे सञ्चालक टंक बताउछन ।

के हाे एकेडेमि

बिशेष गरी युवायुवतिहरूले लगाउने पहिरन र मेकअप तथा ब्युटिसियनकाे बिषयमा राेजगारमुखी कक्षा पनि यसै शैलुन तथा एकेडेमिले प्रदान गर्दै अाएकाे छ । बेराेजगार रहेका किशेार किशाेरीहरूलाइ राेजगारीकाे ग्यारेन्टीका साथ उक्त कक्षा दिइन्छ र तालिममा साेत सहभागि गराएर छानिएका दक्षलाइ राेजगार समेत प्रदान गरिने सञ्चालक टंककाे भनाइ छ । हाल युनिसेक्स शैलुन एण्ड एकेडेमिमा ५ जना किशाेर किशाेरीलाइ राेजगार समेत प्रदान गर्दै अाएकाे छ ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्