रमेश पौडेल भन्छन्,”युवा संगठनको नेतृत्व लिएर युवा आन्दोलन हाँक्न तयार छु”


 


काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीको भात्री संगठन युवा संघका अध्यक्ष रमेश पौडेलले समग्र युवा आन्दोलको नेतृत्व लिन आफू एकीकृत संगठनको अध्यक्ष बन्न तयार रहेको बताएका छन् ।

आशाका किरण मिडियाका अध्यक्ष सुदर्शन बजगाईसंग कुरा गर्दै रमेश पौडेलले सो कुरा बताएका हुन् । पार्टीले गरेको निर्णय सिरोधार्य गर्ने भएतापनी योङ कम्युनिस्ट लिगका अध्यक्ष दिपशिखा नेकपाको केन्द्रिय सदश्य भएकाले पार्टीले ब्यवस्थापन गर्ने उनको तर्क छ ।

तुलनात्मक रुपमा योङ कम्युनिस्ट लिग भन्दा युवा संघ नेपालको संगठन बलियो भएकालेपनी रमेश पौडेल संयुक्त युवा संगठनको अध्यक्ष बन्ने संभावना बलियो छ । संयुक्त युवा संगठनको अध्यक्ष को बन्छ भनेर युवा बृत्तमा चर्चा चल्न थालेको छ ।

कार्यकर्ता बृतमा विकल्पको रुपमा युवा संघ नेपालका बरिस्ठ उपाध्यक्ष किरण पौडेलको नाममा समेत चर्चा चल्न थालेको छ । पुर्व अध्यक्ष महेश बस्नेत र निरु पालका विस्वासपात्र रहेका किरण पौडेललाई महाधिवेशनबाटै अध्यक्ष बनाउने तयारी सुरु भएको केही केन्द्रिय नेताको संकेत पाइन थालेको छ ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्