चक्रवात “फानी” आँधी नेपालमा आउँदैन, प्रभाव मात्र पर्नेछ


 


काठमाडौं । बिहिवार साँझ काठमाडौंमा हावाहुरी आएसँगै मानिसमा त्रास बढेको छ । चक्रवात फानी अर्थान चक्रवाती तुफान आउने नेपालमा खुब हल्ला छ । तर राष्ट्रिय आपतकालीन उद्धार केन्द्रले उक्त चक्रवाती नेपालतर्फ आउने सम्भावना नदेखिएको बताएको छ ।

यो हाल बंगालको खाडीको मध्यपश्चिमी भागमा अवस्थित छ । बिस्तारै उत्तर(पूर्वी दिशातर्फ बढिरहेको छ – शुक्रबारबाट यो प्रणाली ओडिसाको तटीय क्षेत्रमा भित्रिने सम्भावना देखिन्छ उक्त चक्रवाती तुफान फानी’ नेपालतर्फ आउने सम्भावना अहिलेसम्म छैन । तर मौसम केही प्रभावित भएर नेपालका पूर्वी र मध्य स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको राष्ट्रिय आपतकालीन उद्धार केन्द्रले जनाएको छ ।

देशको पश्चिमी क्षेत्रमा शुक्रबार पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानहरुमा हल्का वर्षाको सम्भावना हुने बताएको छ । आइतबारदेखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना छ ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्