अब मोबाइलको ब्यालेन्सले सामान किन्न सकिने


 


काठमाडौँ । अहिले मोबाइलको ब्यालेन्सबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डाटा प्याकेज मात्रै किन्न मिल्छ । अबको केही महिनामा भने मोबाइलका प्रयोगकर्ताले आफ्नो ब्यालेन्सबाटै पसलमा सामान खरिद गरेर पैसा तिर्न, विद्युत् महसुलसहित विभिन्न सेवाको शुल्क तिर्न सक्नेछन् ।

मोबाइलको ब्यालेन्सबाट सामान खरिदबाट रकम तिर्न सकिने सेवा नेपाल टेलिकमले सञ्चालन गर्ने भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

यस्तो सेवा सञ्चालनका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच बिहीबार समझदारी भएको छ । सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा सरकारी स्वामित्व भएका दुई निकायले बिहीबार संयुक्त रुपमा कम्पनी स्थापना गरी मोबाइल मनी सेवा दिने समझदारी गरेका हुन् ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्