संसफाे एक नं. प्रदेशः पार्टीमा चाम्लिङ, युवामा जबेगु


 


धरान । संघीय समाजवादी फोरम प्रदेश नं. १ प्रबिण चाम्लिङको अध्यक्षमा निर्वाचित भएको छ ।
बिराटनगरमा बैशाख १५ गतेदेखि चलेको प्रदेश नं. १ को प्रथम अधिवेशनले चाम्लिङलाई निर्वाचित गरेको हो । कमिटि सर्वसम्मत हुन नसकेपछि चुनावी प्रक्रियाबाट चयन गरिएको थियो । अध्यक्ष प्रणालीमा भएकोले ५१ जना अन्य सदस्य समेत चुनावबाट निर्वाचित भएका छन् ।

चुनाव नै गर्नु परेकोले १६ गते बन्द सत्र सुरु भएर बिहीबार मात्र मत परिणाम आएको हो । अध्यक्ष प्रबिन चाम्लिङ सदस्यमा खुल्लातर्फबाट केबलमान राई, नवीन राई, धिरेन लावती, लोकसागर सावाँ, महेश रानामगर, महिला तर्फ कुन्ता राई, मातृका राई, शान्ता मोक्तान, मोरङ जिल्लाबाट राजकुमार यादव, दुर्गामणि सुवेदी, प्रेम वनेम, विशाल आङदम्बे, उषा यादब, अञ्जली शाह निर्वाचित भएका छन् ।

झापाबाट उमेश थापा, पदम कुमारी राई, गौरीमान राई, कमन देवान, शर्मिला आङदेम्बे ईलामबाट लिला सुनुवार, बिनोद नेम्बाङ, मोहन देवान,सुनसरीबाट दिपेश राई, दिपक बिश्वास, सबिता यादब, सरोज बस्नेत (पर्शुराम बस्नेत) सोलुखुम्बुबाट आसा राई भक्त राई निर्वाचित भएका छन् । तदर्थ समिती अध्यक्ष भुपेन्द्र नेम्बाङले अन्तिममा नाम फिर्ता लिएपछि प्रबिण चाम्लिङ र भुराज राई बिच प्रतिस्पर्धा भएको थियो । ४६० प्रतिनिधि रहेकोमा ४०७ मत खसेका थियो यस मध्ये प्रबिण चाम्लिङले २०६ मत पाएका थिए भने भुराज राईले १९३ मत ल्याएका थिए । ५१ जना निर्वाचित पछि छुटेका कलस्टरबाट २५ प्रतिशत मनोनीत गर्ने प्रावधान रहेको छ ।

युवामा जबेगु
धरानको चुम्लुङ हिममा बुधबार सम्पन्न भएको समाजवादी युवा फोरम प्रदेश १ को प्रथम अधिवेशनले श्री प्रसाद जबेगुलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको छ । समाजवादी युवा फोरमको केन्द्रिय संयोजक अनिल ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनले २३ कार्य समिति चयन गरेको छ । त्यसैगरी बद्री राजवंशी उपाध्यक्ष, सुशील यादव महासचिव निशान किराँती सचिवमा चयन गरिएको छ ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्