के भन्छ शुक्रबारकाे तपाईको राशिफलले ? तपाईको दिन शुभ रहोस् ।


 


काठमाडाैं – वि.सं.२०७६ साल वैशाख २० गते । शुक्रबार । ईश्वी सन् २०१९ मे ०३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि चतुर्दशी,५६ घडी २८ पला । नक्षत्र रेवती,२३ घडी १७ पला,दिउसो ०२ बजेर ४४ मिनेट उप्रान्त अश्विनी । योग विष्कुम्भ, ०० घडी ३५ पला, बिहान ०५ बजेर ३९ मिनेट उप्रान्त प्रीति । करण भद्रा,दिउसो ०३ बजेर ३६ मिनेट उप्रान्त शकुनि । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि मीन,दिउसो ०२ बजेर २० मिनेट उप्रान्त मेष । पञ्चक समाप्ति। माताति चह्रे पूजा। अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस।

काठमाडौंमा सूर्योदय ०५ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेट । दिनमान ३३ घडी ०० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ0 बिहानको समय मध्ययम रहेकोले कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशी सामानको व्यापार फस्टाएर जानेछ । मध्यान्हबाट कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानीहुनेछ । खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फइदा हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साझपख घरायसि कुरामा आफन्तहरु बिच मनमुटाव सिर्जना हुनेछ भने माया प्रेममा घटपट हुने योग रहेकोछ । लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा हुनेहरुले मनग्गे धन सम्पति जोड्ने ग्रहयोग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुराना कामहरुबाट भनेभन्दा अढिनै आम्दानीहुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाइने छ । बिद्या तथा प्रतिष्पर्धामा अरुदिन भन्दा राम्रो प्रगति गर्न सकिनेछ । प्राकृतिक स्रोत साधन, सरकारी स्रोत तथा अन्य भौतिक सम्पतिको प्रयोग मार्फत यथेष्ट आम्दानीबढाउन सकिनेछ । नया प्रकृतिको व्यापार व्यावसायमा लगानी गर्ने बाताबरण बन्ने हुनाले मनग्गे धन लाभ हुने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समयमा राजनीति तथा समाजसेवामा गरिएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । निति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुबाट आलोचना खप्नु पर्नेछ । मध्यान्हबाट समय राम्रो भएकोले कामको सवालमा बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नया व्यावसायमा लगानी गरि आर्थिक रुपमा सुदृड हुन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानी बाट भनजस्तो नतिजा आउँने हुँदा मन प्रशन्न हुनेछ । अध्ययन अध्यापनमा प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुनेसमय रहेकोछ भने दिदिबहिनिको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आकस्मिक धन प्राप्तिको योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा अरुभन्दा अगाडि तपार्ईँको नाम आउदा मन प्रशन्न रहनेछ । माया प्रमको गाठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयालि छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवन यापन गर्न सकिनेछ । मध्यान्हबाट बिषेश गरि चेलि माईतिसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले खुसीले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानीहुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा सावधानि अपनाउनु होला नराम्रो घट्ना हुन सक्छ । राजनीति तथा समाजसेवामा नताको आलोचनात्मक समर्थन रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । मध्यान्हबाट समय राम्रो रहेकोले सत्रु परास्त हुने तथा कुनै पनि न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा फैसला हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । सुख दुखमा साथ दिनेहरु भेटिने हुदा मन प्रशन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा नाफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपार्ईँको काममा सहयोग नहुन सक्छ । पति पत्नि बिच मनमुटाब बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउन निकै मिहिनेतगर्नुपर्ला । आफन्तबाट उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ । बौद्धिक कार्यमा सहभागि भएतापनि उपलव्धि भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) न्यायिक निर्णय तथा कानुनि फैसलाहरु तपार्ईँकै पक्षमा आउनेछन् । पढाइ लेखाइ मा मन जाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले थोरै लगानी बाट मनग्गे आम्दानीगर्न सकिनेछ । दाजुभाई तथा आफन्त सँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । साझपख आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय मध्ययम रहेकोले आजको निर्णय आत्मघाति पनि हुन सक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । कुटुम्बसँग मनमुटाब बढ्ने हुदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । मध्यान्हबाट लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ आफ्नै पक्षमा पार्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जागर आउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुँदा नाम कमाउन तथा पद प्राप्तीको योग रहेकोछ । बिभिन्न बिलाशी बस्तुको प्रयोग गरि मनग्गे आम्दानीहुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरु बाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने बाताबरण बन्नेछ । पढाइ लेखाइ मा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । साझपख खानपानमा ध्यान दिनुहोला ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्