फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो


 


काठमाडौं : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसमा भने मूल्यवृद्धि गरिएको छैन । अब पेट्रोलको मूल्य १ सय ११ रुपैयाँ ५० पैसा पुगेको छ भने डिजेल र मट्टितेल ९८ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्