एसएसपी विश्वराज पोखरेल डीआईजीमा बढुवा सिफारिस


 


काठमाडौं बैशाख १९
नेपाल प्रहरीको रिक्त रहेको प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल सिफारिस भएका छन् ।

बढुवा समितिको बिहीबार बसेको बैठकले पोखरेललाई बढुवा सिफारिस गरेको हो ।

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार पोखरेललाई डीआईजीमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।

पोखरेल हाल लागु औषध नियन्त्रण ब्यूरोमा कार्यरत छन् ।

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्