खुल्लामञ्च कब्जा गर्ने मनोज भेटवालका गुरु कांग्रेस नेता सिंह !


 


काठमाडौं । खुलामञ्च कब्जा गरेर सटर बनाइ भाडामा लगाउने विवादित ठेकेदार मनोज भेटवालले नेपाली कांग्रेसका नेता एवम् तत्कालीन उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहलाई प्रलोभनमा पारेर रत्नपार्क (पुरानो बसपार्क) बस पार्कमा रहेको सिटीमार्केटमा रहेका सटरहरूबाट भाडा मनपरी रुपमा असुल्दै आएको खुलासा भएको छ । भेटवालले रत्नपार्कमा रहेको सिटी मार्केटका ५०–६० सटरहरू सस्तोमा ठेक्का लिएर ५० देखि १ लाखसम्म भाडा लिने गरेका छन् । भेटवालले एउटा सटरको भाडा काठमाडौं महानगरपालिकालाई करिव दश हजारसम्म तिर्ने गर्छन् । तर, भेटवालले मनपरी भाडा असुल्दै आएका छन्।

विहिबारको युनाइटेड पोष्ट साप्ताहिकमा खबर छ,–ठेकेदार भेटवालले विगत १०–१५ वर्षदेखि महानगरपालिकाका कर्मचारीहरूलाई प्रलोभनमा पारेर सिटी मार्केटका सटरहरूमा चर्को भाडा असुल्दै आएको स्रोतले जनाएको छ । भेटवालको कब्जामा सिटी मार्केट रहेपछि खारेजीको माग राखेर केही व्यक्तिहरू तत्कालीन स्थानीय विकासमन्त्री प्रकाशमान सिंहसम्म पुगेका थिए ।
आफूविरुद्ध उजुरी परेको चाल पाएपछि ठेकेदार भेटवाल काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी प्रमुख रुद्रसिंह तामाङको सेटिङमा मन्त्री सिंहलाई भेटेका थिए । मन्त्री सिंहलाई गोप्यमा एक्लै भेटेपछि भेटवालले पुनः सिटी मार्केटको ठेक्का पाएका थिए । अहिले पनि भेटवालले नै सिटी मार्केटको सटरहरूमा कब्जा जमाइ अबैध असुली गर्दै आएका छन् । ठेकेदार भेटवाललाई कांग्रेस नेता सिंहले लामो समयदेखि संरक्षण गर्दै आएको आरोप छ ।

बालुवाटारको जग्गा प्रकरणमा सभापति शेरबहादुर देउवाको संलग्नता देखिए कारबाही हुनुपर्छ भनेर बोल्दे नेता सिंहले खुल्लामञ्च बेच्ने भेटवाललाई नै संरक्षण दिएका कारण सिंह समेत नैतिक संकटमा परेका छन् । स्थानीय तहको निर्वाचनका बेला भेटवालले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई ४० लाख चन्दा दिएको भनेर चर्चा चलेको थियो ।

स्रोतका अनुसार शाक्यले महानगरपालिकामा जित्ने संकेट पाएपछि भेटवाल आफै पैसा बोकेर पुगेका थिए । नयाँ वर्षको उपलक्ष्यमा ठेकेदार भेटवालले आफ्नै खर्चमा काठमाडौं महानगरपालिकाका प्रशासनिक प्रमुख ज्ञानेन्द्र कार्की र शहरी सुव्यवस्था प्रमुख हरि कुँवरलाई लण्डन घुम्न पठाएका थिए ।

भेटवालले महानगरका ठूला कर्मचारीहरू महिनावरी पैसा बुझाउँदै आएको स्रोतको भनाइ छ । राजनीतिक पहुँच राम्रो बनाएका भेटवाललाई सत्तारुढ नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि विश्वास गर्छन् । भेटवाल रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाका मामाससुरा पनि पर्छन् । भेटवाललाई बचाउन नेपाली कांग्रेसका नेता सिंह, अध्यक्ष एवम् पत्रकार धमलासहितका व्यक्तिहरू सक्रिय भएर लागेका छन् ।

पछिल्लो पटक पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर बनाउने जिम्मा पाएपछि भेटवालले खुल्लामञ्चमा बसपार्क सारे । सारिएको नयाँ बसपार्कमा समेत सटर निर्माण गरी ८ देखि १२ लाखसम्म साना व्यापारीसँग रकम असुलेर उनीहरुलाई घर न घाटको बनाएका भेटवालले आफू गलत भएको पुष्टि हुन थालेपछि धमाधम पैसा फिर्ता गरिरहेका छन् ।

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्