मोदीविरुद्ध उठेका पूर्वसैनिकको उम्मेदवारी खारेज
बनारस। भारतीय प्रधानमनन्त्री नरेन्द्र मोदी विरुद्ध चुनाव लड्न खोजेका एक भारतीय पूर्वसैनिकको उम्मेदवारी खारेज भएको छ। वनारस ज़िलाको निर्वाचन कार्यालयले सीमा सुरक्षा बल (बीएसएफ)का पूर्व जवान तेजबहादुर यादवको बनारस लोकसभा सीटका लागि दिइएको उम्मेदवारी खारेज गरिदिएको हो। तेजबहादुरले अप्रिल २३ मा स्वतन्त्र र अप्रिल २९ मा सपा–बसपा गठबन्धनबाट उम्मीदवारी दर्ता गराएका थिए।
आयोगले उनको उम्मेदवारी किन खारिज गरिएको हो भन्नेबारे केही खुलाएको छैन। तेजबहादुरले यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने बताएका छन्। उनले आफ्नो उम्मेदवारी गलत तरिकाले रद्द गरिएको बताए। ‘मेरो मनोनयन गलत तरिकाले रद्द गरिएको छ,’ उनले भने, ‘मलाई मंगलबार साँझ ५ बजेर १५ मिनेसम्म उम्मेद्वार भएको प्रमाण दिन भनिएको थियो, मैले त्यो पनि दिएँ।
प्रमाण दिँदादिँदै पनि मेरो उम्मेदवारी खारिज गरियो। यसविरुद्ध म सर्वोच्च अदालत जान्छु।’ भारतीय अखबार जनसत्ताका अनुसार २० अप्रिलमा उनको मनोनयनमाथि अनुसन्धान सुरु भएको थियो। निर्वाचन अधिकारी सुरेन्द्र सिंह यादवले अनुसन्धानका क्रममा तेजबहादुरले बिएसएफबाट बर्खास्तीका बारेमा आफ्ना दुई मनोनयनपत्रमा अलग-अलग जानकारी दिएको पाएका थिए।
यसबारे उनीमाथि अनुसन्धान गरिरहेका निर्वाचन अधिकारीले यादवलाई २४ घण्टाभित्र बीएसएफबाट ‘नो अब्जेक्सन लेटर’ लिएर उपस्थित हुन सूचना जारी गरेका थिए। उक्त पत्रमा तेजबहादुरले बिएसएफबाट उनलाई बर्खास्त नगर्नुको कारण उल्लेख गर्नुपर्ने थियो।
प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार