नेपाल भित्रिँदैछ बंगालको खाडीबाट चक्रबात, हावाहुरी आउन सक्ने


 


काठमाडौं । बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको शक्तिशाली चक्राबात फानीका कारण शुक्रवारपछि पूर्वी नेपालका केही स्थानमा हावाहुरी आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘नेपाल वेदर फ्रोकास्ट’ले सामाजिक सञ्जालमा सन्देश लेख्दै बंगालको खाडीबाट शुरू भएको फानी शुक्रवारपछि पूर्वी भारतको ओडिसा हुँदै नेपालमा मोडिने र शुक्रवार मध्याह्नपछि नेपालका पूर्वी भागमा सामान्य असर गर्ने सम्भावना रहेको जनाएको हो ।

‘उक्त चक्राबात नेपाल आउने सम्भावना अहिलेसम्म नदेखिएपनि नेपालको पूर्वी र मध्य हिमाली भागमा भारी हिमपात तथा प्रि–मनसुन भएकाले पूर्वी र मध्यका स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहने भएकाले सतर्क रहनुपर्ने देखिन्छ,’ सूचनामा भनिएको छ । फानी शुक्रवार नेपालको पूर्व नजिकैबाट उत्तरपूर्व जाने भएकाले कमजोर बन्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्