राजेन्द्र महतोलाई प्रधानमन्त्री ओलीको प्रश्न : नाकाबन्दी गरेर मुलुक बन्छ ?


 


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासमै कुनै पनि सरकारले गर्न नसकेको काम आफ्नो नेतृत्वको सरकारले गरेको दाबी गरेका छन् । १३० औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा संयुक्त ट्रेड युनियनले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्रीले नयाँ प्रणालीमा गएर पनि विगतका सरकारले कल्पना नै नगरेको काम गर्न सफल भएको दावी गरेका हुन् ।

प्रधानमन्त्रीले समृद्धि बोलेर मात्रै नहुने भन्दै काम गरेरनै समृद्धि आउने भएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताए । ‘नेपाल समृद्ध हुनैपर्छ । जनता सुखी हुनुपर्छ भन्दा किन भत्भत् हुने ?’ प्रधानमन्त्रीले प्रश्न गरे ।  हरेक नेपाली सुखी र समृद्ध हुनुपर्छ भन्ने नेकपाको सरकारको भनाइ रहेको भन्दै उनले पछाडि परेको वर्गलाई अगाडी ल्याउने पार्टी नेकपामात्रै भएको दावी गरे ।

प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गर्दै गइरहेका बेला राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोमा आफूलाई अचम्म लागेको भन्दै मञ्चमा सँगै रहेका राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोलाई सरकारले राम्रो काम गरिरहेकाले समर्थन फिर्ता लिने निर्णयमा पुनर्विचार गर्न पनि आग्रह गरे ।

राम्रो काम गरिरहेका बेला खुसी हुनुपर्नेमा राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोमा आफूलाई अचम्म लागेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले सरकारको आलोचना गर्दा जनताले के भन्छन् रु भनि विचार गर्न पनि आलोचकहरुलाई आग्रह गरे ।

‘म राजेन्द्र महतोलाई सोध्न चाहन्छु– सीमा नाका बन्द गरेर मुलुक बन्छ रु इन्धन बन्द गरेर, नागरिकलाई दुःख दिएर मुलुक बन्छ रु’ प्रधानमन्त्रीले प्रश्न गरे । ओलीले सबै राजनीतिक दलहरुलाई मिलेर काम गर्न पनि आह्वान गरेका छन् ।

उनले मजदुरहरुको एकताबाट पाठ सिकेर सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने पनि स्पष्ट पारेका हुन् । प्रधानमन्त्री ओलीले नेपालको मजदुर आन्दोलनलाई सफलताको उचाईमा पु¥याइएको दावी पनि गरे । उनले वर्तमान संविधानले मजदुर वर्गीय चिन्तनलाई आधार मानेको पनि स्मरण गराए ।

प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्