फर्सीको मुन्टा खानुहोस् ! यस्ता छन् फाइदाहरु
काठमाडौँ । फर्सीको मुन्टामा विभिन्न प्रकारका पौष्टिक तत्वहरु पाइन्छन् । यो भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो ।यसले हामीलाई स्वस्थ रहनका लागि महत्वपूर्ण भुमिका खेल्दछ ।फर्सीको मुन्टा खानुको यस्ता छन् फाइदाहरु :
-शरिरलाई उच्च रक्तचाप र क्यान्सर जस्ता खतरनाक रोगबाट बचाउछ ।
-फर्सीको मुन्टाले तपाई बढ्दो उमेरलाई छेकेर जवान बनाइदिन्छ ।
-आँखाको देख्ने सक्ने क्षमता बढाउछ ।
-कोलेस्ट्रोललाई नियन्त्रण गर्न मदत गर्दछ ।
-फर्सीको मुन्टा खानाले प्रजनन क्षमतामा वृद्धि हुन्छ ।
-त्यस्तै फर्सीको मुन्टाले मधुमेहलाई नियन्त्रण गर्छ ।
-छालाको लागि फाइदाजनक हुन्छ ।
-पाचन प्रणालीलाई स्वस्थ राख्छ ।
प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार