महामन्त्री र काेषाध्यक्षमा पाैडेल टिम विजयी


 


sasank-kiralaभाेजपुर, फागुन २५

नेपाली कांग्रेसको महामन्त्री पदमा शशांक कोइराला विजयी भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिएको मतगणनामा शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्।

उनी १३४७ मत पाएर १४० मत गणना गर्न बाँकी छँदै विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसीले ९८३ मत पाएका छन्। मेडिकल डाक्टर उनी नवलपरासी १ का सांसद हुन्।

कृष्ण सिटौला प्यानलबाट महामन्त्री पदमा प्रत्यासी बनेका गगनकुमार थापाले ५३७ मतमा चित्त बुझाए। आइतबार राष्ट्रिय सभा गृहमा भएको निर्वाचनमा कूल खसको ३ हजार १४८ मत खसेको थियो।

निर्वाचनमा कोषाध्यक्ष पदमा सीतादेवी यादब विजयी भएकी छन्।  रामचन्द्र पौडेल प्यानलबाट उम्मेदवार बनेकी सीतादेवी यादब र शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार भएकी चित्रलेखा यादबबीच चर्को प्रतिस्पर्धाबाट सीतादेवी विजयी भएकी हुन्।

रामचन्द्र पाैडेल प्यानलबाट उम्मेदवार बनेकी उनले ११८० मत पाइन्। शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेकी चित्रलेखा यादबले सीतादेवीलाई मत गणनाको अन्तिम समयसम्म पनि टक्कर दिएकी थिइन्।

२१ सय मत गणना गर्दा देउवा प्यानलकी चित्रलेखालाई सीतादेवीले ५ मत अन्तरले पछाडि पारेकी थिइन्। त्यो भन्दा अगाडि चित्रलेखाले अग्रता लिएकी थिइन्। सुरुवाती अग्रता सीतादेवीका नाममै थियो।

प्रकाशित मिति: २५ फाल्गुन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्