ट्वाइलेटमा समेत गार्ड राखेको भन्दै विद्यार्थीले गरे आन्दोलन


 


विराटनगर । विराटनगरको आदर्श स्कुलमा कक्षा १२ को परीक्षामा धेरै कडाइ गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यार्थिहरुले परीक्षामा कडाइ गर्ने नाममा विद्यार्थीलाई अनावश्यक दुस्ख दिएको भन्दै राष्ट्रिय परीक्ष बोर्ड, विराटनगरको कार्यालय अगाडि आन्दोलन गरेका हो ।

ट्वाइलेटमा समेत गार्ड राखेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । सो कलेज भित्र आफ्ना मानिसको लागि छुट्टै कोठाको ब्यवस्था गर्ने र त्यहाँ मनपरी गर्न दिने तर अन्य विद्यार्थीलाई निकै कडाइ गर्ने गरेको विद्यार्थीको आरोप छ ।

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्