सरकारी जग्गा प्रकरणमा देउवाको संलग्नता पाइए कारबाही हुनुपर्छ : काँग्रेस नेता सिंह


 


संखुवासभा, बैशाख १७

नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा प्रकरणमा सभापति शेरबहादुर देउवाको संलग्नता पाइए कारबाही हुनुपर्ने बताएका छन् । मंगलबार संखुवासभा सदरमुकाम खाँदबारीमा नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले बालुवाटारको सरकारी जग्गा कब्जा गर्नेहरु सरकार वा बाहिरका जो भए पनि कारबाही गर्नुपर्ने बताए।

‘बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा जो कोहीको संलग्नता रहे पनि निष्पक्ष छानबिन गर्नुपर्छ’, उनले भने, ‘सदनमासमेत यसबारेमा कुरा उठाउँछौँ ।’ केपी ओली नेतृत्वको सरकार अधिनायकवाद र अराजकतातर्फ अघि बढेको नेता सिंहले आरोप लगाए। उनले सरकार संघीयता कार्यान्वयनमा असफल भएको दाबीसमेत गरे। नेकपा सरकारको गतिविधिले प्रेस स्वतन्त्रताको खिल्ली उडाएको उनले बताए ।

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्