सिके राउतले भने : ‘ओली राजनेता हो , उहाँकै नेतृत्वमा देश समृद्ध हुन्छ’


 


जनमत पार्टीका संयोजक डा. चन्द्रकान्त राउतले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएका छन् । मंगलबार राति ८ बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

राउतले प्रधानमन्त्री ओलीकै सहयोगको कारण आफूहरुले सम्झौता गरेको र शान्तिपूर्ण तवरले अवतरण गरेको पनि स्पष्ट पारे । उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूले ठूलो सहयोग गर्नुभएको छ । सहमति कार्यान्वयन भएको छ । हामी ईमानदार तवरले अघि बढ्छौं ।’ सरकारसँग भएको सम्झौताअनुरुप जनमतसंग्रहको च्याप्टर नै बन्द भएको पनि उनले विश्वास दिलाए ।

वर्तमान प्रधानमन्त्री ओली भिजनरी नेता भएकोले उनकै नेतृत्वमा मुलुकले समृद्धि हाँसिल गर्ने पनि राउतको दाबी छ । उनले भने,‘उहाँ दुरदर्शी राजनेता हो । उहाँले मुलुकलाई सही दिशामा डोर्याउनुभएको छ । अब मुलुक समृद्धिको यात्रामा अघि बढेको छ । सबैले उहाँलाई साथ र सहयोग गर्नुपर्छ ।’

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्