काँग्रेसकै नेता सिंहले भने : सभापति देउवा दोषी देखिए कारबाही हुनुपर्छ


 


काठमाण्डौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन कांग्रेसका नेता दोषी देखिए कारबाही गर्नुपर्ने बताएका छन्।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने प्रकरणमा सभापति शेरबहादुर देउवा पनि मुछिएको समाचार आएपछि नेता सिंहले दोषी भए कारबाही हुनुपर्ने बताएका हुन्।

नेपाल प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले भने, ‘कांग्रेसका नेता हुन् कि अरु पार्टीका नेता हुन्। निष्पक्ष छानबिन गरेर दोषी ठहरिए कारबाही गर्नुपर्छ।’

पत्रकारहरूले बालुवाटार जग्गामा देउवा पनि मुछिए नि भन्ने प्रश्न गरेपछि नेता सिंहले जो मुछिए पनि छानबिन गरेर दोषी देखिए कारबाही हुनुपर्ने बताएका हुन्।

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्