काँग्रेसबाट निर्वाचित मेयर नै नेकपामा प्रबेश


 


काठमाण्डौँ । नेपाली कांग्रेसबाट निर्वाचित एक जना मेयर सत्तारुढ नेकपामा प्रवेश गरेका छन । रौतहटको इशानाथ नगरपालिकामा कांग्रेसका तर्फबाट निर्वाचित भएका मेयर सन्तोष मेहता मंगलबार बिहान नेकपामा प्रवेश गरेका हुन ।

नेपाली कांग्रेसले देशमा विकृति र भ्रष्टाचारमात्र संस्थागत गरेको भन्दै मेयर मेहता नेकपा अध्यक्ष प्रचण्डको हातबाट टीका थापेर मंगलबार बिहान नेकपामा प्रवेश गरेका हुन ।

नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको मध्यस्ततामा मेयर मेहता नेकपामा प्रवेश गरेका हुन । उनले अब नेकपाको राष्ट्रिय समृद्धिको यात्रमा हरतरहले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन । त्यस्तै मंगलबार नै राजपावाट रौतहट – ३ का उम्मेद्वार रहेका ओमप्रकाश जयसवाल पनि नेकपामा प्रवेश गरको छन ।

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्