नेकपा र फोरमबीच पार्टी एकीकरणको अन्तिम तयारी


 


काठमाडौं बैशाख १७
तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएको मधेश तराई फोरम नेपाल र सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)बीच एकीकरण हुने भएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा मंगलबार भएको एक कार्यक्रमबीच पार्टी एकीकरणको तयारी भएको फोरम नेपालका अध्यक्ष अमर यादवले जानकारी दिए । मधेशका १७ जिल्लामा संगठित रहेको तराई फोरम नेपालले गत प्रतिनिधि सभा चुनावमा भाग लिए पनि कुनै ठाउँमा जित्न सकेको थिएन् ।

तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा कोषाध्यक्ष रहेका अमर यादव मधेश आन्दोलनमा सक्रिय भएर लागे पनि सत्ताको लागि दुरुपयोग भएको भन्दै उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल छाडेका थिए ।‌‌ क्षेत्रीय राजनीतिबाट मधेसको समस्या समाधान नहुने भन्दै फोरम नेपालका अमर यादव ले मधेशमा समस्या समाधानका लागि नेकपासँग एकीकरण गर्न लागेको बताए ।

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्