सभापतिका लागि दाेस्राे चरणकाे मतदान सुरू
भाेजपुर, फागुन २४
कांग्रेसकाे १३ अाैं महाधिवेशनमा पहिलाे चरणमा सभापतिकाे टुंगाे नलागेपछि यतिबेला दाेस्राे चरणकाे मतदान सुरू भएकाे छ । कांगेसकाे विधान अनुसार पहिलाे चरणमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवार मात्र विजयी हुन्छ । तर अाइतबार सभापतिका तीन उम्मेदवार मध्ये कसैले पनि याे मत प्रतिशत ल्याउन सकेनन् ।
दाेस्राे चरणमा भने जस्ले बढी मत ल्याउँछ उनै विजयी हुन्छ । हिजाे रामचन्द्र पाैडेल, शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटाैला चुनावी मैदानमा थिए । अहिले सिटाैला चुनावी मैदानबाट बाहिरएका छन् भने पाैडेल र देउवाबिच प्रतिस्पर्धा हुँदैछ । दाेस्राे निर्वाचनमा देउवाले जित हासिल गर्ने अडकलबाजीहरू सर्वत्र हुन थालेकाे छ ।
यतिबेला पाैडेल र देउवाका समर्थकहरू महाधिवेशन प्रतिनिधिहरूसँग भाेट माग्न सक्रिय भएका छन् भने धमाधम मतदान भइरहेकाे छ । अाफू निकटका उम्मेदवारलाइ जिताउन कांग्रेसजनहरू सक्रिय देखिएका छन् ।
प्रकाशित मिति: २४ फाल्गुन २०७२, सोमबार