क्याप्टेन विजय लामाले भने : जति पीडा भए पनि म डगमगाउँदिन


 


काठमाण्डौ । क्याप्टेन विजय लामाले जति दुःख पीडा आए पनि आफू नडगमगाउने बताउनुभएको छ । नेपाल वायु सेवा निगमको प्रवक्तबाट हटाइएपछि सोमबार राति आफ्नो फेसबुक स्टाटसमा उहाँले आफू सही सोचका साथ अघि बढ्ने उल्लेख गर्नुभएको छ ।

आफूले आफ्नो बाबुबाट आत्मबल, सत्यमार्ग, सही सोच अनि निडरपन सिकेको भन्दै उहाँले देशको माया र काम गर्ने संस्थाप्रति सधैं कदर गर्ने उल्लेख गर्नुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशन अनुसार निगमले पाइलट लामालाई प्रवक्ताबाट हटाएको हो ।

प्राधिकरणले विवादास्पद अन्तरवार्ता दिएको र यात्रुमाथि खेलबाड गरेको भन्दै लामालाई शुक्रबार नै निलम्बन गरिएको थियो । प्राधिकरणले लामालाई प्रवक्ताबाट हटाउन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको सुरक्षा निर्देशिका राम्रोसँग अध्ययन गराउन निगमलाई पत्राचार गरेको थियो । लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएपछि निलम्बन फुकुवा गरिएको छ ।

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्