चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउन आतुर


 


काठमाडौं । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ग्रेट हल अफ पिपुल्समा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय भेटवार्ता गरेकी छन् । सो भेटवार्तामा राष्ट्रपति भण्डारीले सीलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिएकी छन् ।

दुई समकक्षीको भेटले राष्ट्रपति सीको नेपाल भ्रमण गर्ने वातावरण निर्माण भएको मूल्यांकन गरिएको छ । अघिल्लो कार्यकालमा सीले दक्षिण एसियाका देशहरूमध्ये भुटान र नेपालबाहेकका सबै देश भ्रमण गरेका थिए । यसपटक सी सकारात्मक देखिएको बताइएको छ ।

सीले आफूलाई सुन्दर देश नेपाल भ्रमण गर्ने व्यग्र इच्छा रहेको बताएका थिए । ‘सुन्दर देश नेपाल भ्रमणलाई मैले निकै महत्वका साथ हेरेको छु । उपयुक्त समयमा म नेपाल भ्रमण गर्नेछु,’ उनले भने । उनले नेपालले एक चीन नीतिलाई समर्थन गरेकोमा राष्ट्रपति भण्डारीलाई धन्यवादसमेत दिएका थिए । आजको राजधानी दैनिकमा यो खबर छापिएको छ ।

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्